Thursday, June 29, 2023

सस्मरण भान्जी फूपू

 त्यो बेला छोरीहरूलाई पढाउने चलन कमै थियो तर पनि बाले सबै दिदीलाई स्कुल भर्ना गरिदिनु भएको थियो, बिबिध कारणले दिदीहरुको पढाइ बिचैमा रोकियो, दिदीहरु स्कुल न जाने भए पछि म पनि एक्लै स्कुल न जाने भएँ, छोरीले न पढे पनि छोराले भने पढनै पर्ने, तेसमा पनि तीन दिदी मुनिको म एक्लो छोरो, न पढेर बिग्रिने देखेपछि बा ले मलाई स्यालापानी फुपूको घरमा बसेर रामपुर स्कुलमा पढ्ने ब्यवस्था मिलाउनु भयो, स्यालापानी फुपूका चार भाइ छोरा मध्ये जेठा बामदेव, माइला श्रीधर, साइला बलदेव र कान्छा रमानाथ हुनुहुन्थ्यो, अहिले जेठा र कान्छा हुनुहुन्न बितिसक्नुभयो, फुपू बितेको त झन धेरै भै सक्यो, 

 


स्यालापानी फुपू अर्थात हाम्रो बाजेकी एक मात्र भान्जी अर्थात बा की भान्जीदिदी जो निकै सरल नरम मृदुभाषी हुनुहुन्थ्यो, सबैलाई माया गर्ने निकै मायालु स्वोभावकी, जस्ले गर्दा आठ नौ वर्षको उमेरमा बा आमाको काख छोडेर अपरिचित ठाउँमा बस्न मलाई कुनै असुविधा र असहज  महसुस भएन,

ठुलो दाइ मालमा काम गर्नुहुन्थ्यो, माइलो दाइ औलो उन्मुलनको लागि गाउँ गाउँमा डिडिटी छर्कने कामको भिजिटर पदमा कार्यरत हुनुहुन्थ्यो, कुन कुन घरमा औषधि छरियो, तेसको लेखा राख्ने औषधि छरेको घरको भित्तामा गेरु रङले घर नम्बर लेख्ने गर्नुहुन्थ्यो, साइलो दाइ भर्खर पढाइ सकेर गोग्ली स्कुलको टिचर हुनुभएको थियो, कान्छो दाइ रामपुर स्कुलमा कक्षा ५ मा पढदै हुनुहुन्थ्यो, म कान्छो दाइ संग पढ्न रामपुर स्कुल जाने गर्थें, बर्खाको समयमा बालिमखोलामा भल आउने, भलको धमिलो पानीमा उभिदा आँखा रिङाएर आफू सररर खोलाको माथी तिर गएको भान हुने, केहिबेर तेसो गर्दा मजा आउने, बालापन न हो रमाइलो गर्न सानै कुरा भए पुग्ने,

 त्यो बेला रामपुर पढाउने गुरु मध्ये निमुरियाका मेरा ठुली आमाका छोरा दाइ रामकुमार घिमिरे र अर्का अली बुढा सेतो धोती लगाउने अलि होचा मोटा, सुनपुरका दामोदर गुरु बाहेक अरु कसैको सम्झना छैन,

  शुक्रबारको हाफ बिदा पछि रामपुर स्कुलबाट बेलहरी घरको लागि सोझै हानिन्थ्ये, २० किलोमिटरको बाटो सुस्त हिडे पुग्न गाह्रो, तेसैले कहिले तर्कदै कहिले दौडदै जसो तसो झमक्क साँझ पर्दा घर पुग्थे, अर्को दिन सनिवार डेढ दुई बजे सम्म मात्र हो घर बस्ने, आइतबारको क्लास बेलहरी बाट भ्याउने कुरै भएन, तेसैले जसरी पनि सनिवार साँझ सम्म स्यालापानी पुग्ने गरि हिड्नै पर्थ्यो, 

 एक पल्टको सनिवार बेलहरी बाट स्यालापनिको लागि हिडेको, कपासी आईपुग्दा अलि अबेला भै सकेको थियो, त्यो बेला कपासीमा ठुला ठुला आपका रुख थिए तिनै रुख मध्ये सबैभन्दा दक्षिणको रुख मुनी तिनचार जना केटा कसैको प्रतीक्षामा बसेका रहेछ्न, उनिहरुले मलाई त्यहाँ बोलाए, अनि सोधपुछ गर्न थाले, म दुइमा पढ्ने ८ वर्षे बालक, उनिहरुले जे जे सोधे सबै भनिदिए, अर्थात मेरो घर बेलहरी हो, पहिले नारायणपुर स्कुलमा पढथे मेरो मामाको नाम नेत्रलाल आदि यस्तै यस्तै, मेरो उत्तरले उनीहरुलाई किन हो आक्रोसित बनायो, त्यो बेला थाहा भएन, मेरो पुस्तक खोसेर लिए, म रुन थाले, उनिहरुले मलाई सम्झाउदै नारायणपुर र रामपुरमा पढ्नु हदैन, भरतपुर स्कुलमा पढ्नुपर्छ, भरतपुर स्कुलमा पढे राम्रो मान्छे भइन्छ, रामपुर नारायणपुर पढ्ने चोर डाका हुन्छ्न भन्दै सम्झाए, उनीहरुको अपसी कुराकानीबाट कसैलाई पिट्नको लागि बाटो ढुकेर बसेको आभास हुन्थ्यो, पैन्टको अगाडि कम्मरमा चाकु पनि थियो, कहिले निकाल्ने कहिले राख्ने गर्थें, त्यो देखेर म हाएल काएल थिएँ, अहिले सम्झन्छु त्यो बेला रामपुर र नारायणपुर स्कुल कम्निस्टको र भरतपुर स्कुल काग्रेसको भनेर चिनिन्थ्यो, उनिहरुले म काङ्ग्रेस बनु भन्ने आसयले मलाई भरतपुर स्कुलमा पढ्न दवाव दिएका रहेछ्न, अध्यारो हुनै लागेको थियो, पुग्नुपर्ने दुरी अझै आधा बाकी थियो, म अत्तालिएर रुन थालेपछि मेरो पुस्तकको झोला फर्काउदै  "कसैले सोधे नेत्रलालको भन्जा हु न भन्नू ,  ...... शाहको भान्जा हु भन्नू, कसैले केही गर्दैनन"  भनी छोडिदिए, म त्यो दिन रातको ८ बजे तिर स्यालापानी पुगेको थिएँ, जुनेली रात भएकोले बाटोमा अफ्ट्यारो त भएन, स्यालापानी आइपुग्ने बेला अलि अलि भुतको डर भने लागेको थियो,

 आज फुपुको यो फोटो राख्दै गर्दा त्यो बेलाको धेरै कुरा याद आयो अनि थोरै आफ्ना कुरा सबैको माझ पस्कन मन लाग्यो, 

 प्यारी फुपू लाई हार्दिक सम्झना 🌺🌺🌺

Friday, June 16, 2023

क.मेघबहादुर बि.सी. सङ्ग त्यो रात

  कुरा २०३९ मंसिर पुर्णिामाको रातको हो,क नेत्र, क.दामोदर अधिकारी अनि हामी गुरगैमा बसेका थियौं  अकस्मात बैठक बस्नुपर्ने भयो, क मेघबहादुर घर जानू भएकोले ओहाँलाई ल्याउन रातको खाना खाएर लमडरुवा बीरबहादुर कमरेड र म बनकट्टाको लागी राजपुर,घुस्रा सिसहनिया सौडियार,बुधौरा हुँदै माथिल्लो दुन्द्रा पुग्यौं,

दुन्द्राका यूबाहरु तोरीमा पानी लगाउन बारीको छेउमा मकैको नल बालेर आगो ताप्दै रहेछ्न, वीरबहादुरजीको यो ससुराली गाउँ भएकोले वहाँ लाई चिन्ने धेरै थिए भने मलाई त यो गाउँका सबैले चिन्थ्येनै,किनकि जतिपनी स्कुलले उमेरका हामी सबैले पढ्ने एउटै स्कुल नारायणपुर थियो,अनि स्कुल बिदाको दिन बाहेक दैनिक बिहान साझ ओहोर दोहोर गर्ने बाटो भएकोले अन्य उमेरकाले पनि चिन्थ्ये, म वारेन्डेड ब्याक्ती सङ्ग देख्दा वीरबहादुरजीलाई अफ्ट्यारो नपरोस् भनी सकेसम्म छिटो छिटो हिड्दै थियौ,तेत्तिकैमा एक जनाले सोध्यो "ए को हो हँ ?", अर्कोले भन्यो "किन बोल्दैन ?", हामी न बोली अलि छिटोछिटो हिड्दै रह्यौ, तोरीमा पानी चार्न बसेका पनि उठेर हाम्रो पछि पछि कराउँदै आउन थाले,कसैले "ए यी कुखुरा चोर हुनु पर्छ, समात समात" भन्न थाले, हामी दौडन सुरु गर्यौ, उनिहरु पनि "चोर चोर" भन्दै हाम्रो पछि पछी दौडन थाले, ओल्लो घर पल्लो टोल बाट पनि "खै कता छ चोर" भनी हल्ला गर्न थाले हामी घेरामा परेर पकडिन सक्ने संभावना देखियो, यो गाउँकाले पक्डिए खासै फरक पर्दैनथ्यो,आफ्नै साथी भएकोले पुनः छुट्न सकिने थियो, तर जति हामी पश्चिम लाग्दै थियौ,तेति खतरा थियो,किनकी दुन्द्रा भन्दा पस्चिमको सेवार गाउँ त्यो बेला काङ्ग्रेसको गढनै थियो, अनि हामी पकडिए सोझै रामधुलाई, अनि पुलिसकोमा, तेसैले अब दौडेर न हुने देखेपछि म फरक्क फर्किए, हामीलाई खेत्दै आएको जमात तर्फ लम्किएर जान थालेपछी उनिहरु भाग्न थाले, हामीले बोकेको काडेदार मोटा लौरा लाई उनिहरुले बन्दुक भन्ने ठानेछ्न,एक दुई जनाले "एतै आउदै छ्न बन्दुक पनि छ" भनेको पनि सुनियो,अब यसरी हुदैन कुरा गर्नै पर्ने भयो भन्ने लागेर मैले ठूलो स्वोरमा भने "न डराउनुहोस, न हामी चोर हौं, न हामी सङ्ग बन्दुक नै छ, रातमा हिड्ने सबै बदमाश मात्र हुदैनन, राम्रा मान्छेलाई पनि कहिलेकाही रातमा हिड्नु पर्ने बाद्यता पर्न सक्छ", यति भन्दै गर्दा म उनीहरुको नगिच पुगिसकेको थिए केही हाम्रै मित्र पनि हुनुहुदो रैछ,भन्दै हुनुहुन्थ्यो "चोर हैन होला" भनेको मानेनौ केशवजी पो हुनुहुदो रैछ, पहिले नै बोलाउदा बोल्नुभएको भए यो हल्ला खल्ला हुदैनथ्यो" मैले पनि "सकेसम्म किन समस्या मोल्ने भनेर न बोलेको, झन ठूलो समस्यामा झन्डै फसेनौ"यति भनेपछि सबै सङ्ग हातमिलाएर म फर्किए, वीरबहादुर भने उनिहरुभएको सम्म आउनुभएन,उनिहरुले चिन्न पनि सकेनन,

हामी सेवार हुँदै बन्कट्टा पुग्यौं क.मेघबहादुर घरमै हुनुहुदो रैछ, रातको १० बजे तिर त्यहाँबाट हिड्यौ, बाटोमा घटेको घटना क.मेघलाई सुनाए पछि वहाँले भन्नुभयो "यतातिर मलाई सबैले चिन्छ्न तेसैले बाटोमा कसैले सोधिहाल्यो भने केशवजीले उत्तर दिनुहोला",

  हामी मुकुन्डाडा हुँदै पुर्ब तर्फ जादै थियौ ढिकपुर गाउँको अन्त्यतिर बाटोको उत्तर साईडको घरको आगनमा थुप्रै मानिस देखिए, सायद आज पुर्णिामाको रात भएकोले त्यो घरमा पूजा थियो, त्यो हुल बाट कसैले सोध्यो "अए को हो ह ?"  मैले पनि ढ्याक्क लौरो भुईमा बजार्दै जवाफ फर्काए "ओए पुलिस हो, गस्तिमा छ", अर्कोले न बुझेर अफ्नै साथिलाई सोध्यो "हैन के भन्यो ह", साथिले जवाफ दियो "चुपलाग पुलिस गस्ती हो रे", हामी उनिहरु देखि टाढा भैसके पछि मरीमरी हास्यौ, क. मेघबहादुरले भन्नू भो "कहाँबाट आयो के यस्तो शब्द एकाएक", मैले भने "अप्ठ्यारो पर्दा दिमागले आफै के गर्ने भनी सबभन्दा उत्तम सुझाव दिन्छ होला" क. मेघबहादुर वि.सी. सङ्ग भुमिगत हुँदा र तेसपछीका थुप्रै सस्मरण आज आँखा  अगाडी खेलिरहेका छ्न, 

  हार्दिक श्रद्धाञ्जली क. मेघबहादुर वि.सी.

    अल बिदा भुल्न नसकिने एउटा मान्छे


Tuesday, June 13, 2023

क. विष्णु पोख्रेल प्रति हार्दिक श्रद्धाञ्जली

  संगठन बिस्तारका साथै किसान आन्दोलन लाई अघि बढाउने उद्देश्यले क नेत्रलाल अभागीले दाङका सबै मावी तहका स्कुलका विद्यार्थीलाई संगठितगर्न पहल गर्नु भयो, विद्यार्थीलाई किसान आन्दोलन सङ्ग जोडने उद्देश्य राखेर एउटा संयुक्त जनवादी विद्यार्थी संगठनको आवश्यकता महसुस गरि दाङमा अध्यनरत प्रगतिशील विद्यार्थीको साझा सङ्गठन निर्माण गर्ने उद्देश्यलेले २०३६ बैशाख महिनामा क नेत्रलाल अभागीको सकृय उपस्थितिमा दाङ बेलहरीमा बैठक बस्यो, जस्मा रामपुर स्कुलको प्रतिनिधित्व विष्णु पोख्रेल र Prakash Ghimire ले, भरतपुर स्कुलबाट रामबहादुर चौधरीले,नारायणपुर स्कुल बाट Bhuban Devkota र केशव मजगैंयाले, बिजौरी स्कुलबाट Ram Kumar Gnyawali र लक्ष्मण ज्ञवालीले भोजपुर बाट हुमबहादुर बस्नेत,धनबहादुर बस्नेत र रत्नबहादुर बस्नेतले प्रतिनिधित्व गर्नु भयो, यो पहिलो भेलाले संगठन निर्माण गर्यो, र आफ्नो आफ्नो क्षेत्रको जिम्मेवारी पूरा गर्ने संकल्प लियो, तेसको केही दिन पछि अर्को बैठक फेरि यहीँ बस्यो, यो बैठकले दाङमा किसान विद्यार्थी संयुक्त आन्दोलन गर्ने निधो गर्यो,जुन आन्दोलन २०३६ असार ४ गते एकै दिन एकै समयमा आ आफ्ना क्षेत्रमा गर्ने निर्णय भयो, रामपुरमा विष्णु र प्रकाशको नेतृत्वमा पन्चायत बिरोधि कोणसभा सप्पन्न भयो भने भरतपुरमा कार्यक्रम हुन सकेन, बिजौरी र कपडादेबि स्कुलमा आमसभा सम्पन्न भयो भने नारायणपुर र भोजपुरमा अभुतपुर्ब किसान आन्दोलन भयो,

मेरो भेट क विष्णु सङ्ग भएको तेहिबेला मात्र हो, वहाँ सहिद हुनु भएछ, धेरै पछि थाहा पाए, छोटो समय सहि फरक पार्टीमा रहेर पनि एउटै मोर्चा बनाएर काम गरेका थियौं, मीत्र Narayan Sharma को फेसबुक वालमा क विष्णु पोख्रेलको बारेमा लेखिएका दुइटा फरक वर्षका स्टाटसबाट वहाँका पछिल्ला समयका बारेमा जान्ने अवसर मिल्यो, श्रद्धाञ्जली स्वरुप छोटो समयको सानो सम्झना क विष्णु पोख्रेल प्रति अर्पण गरे
हार्दिक
श्रद्धाञ्जली

Thursday, June 8, 2023

स्वर्गद्वारी यात्रा

 बिहान सबेरै स्वर्गद्वारीको दर्शन गरि भिङ्गृकोट हुँदै भिङ्री झर्ने निधो भयो, धरमपानी देखि केही तल झरेपछी एउटा निकै लामो घुम्ती आउँछ, मोटर बाटै बाटो हिंड्दा र सोझै गोरेटो बाट हिड्दा १०/१५ मिनेटकै फरक पर्छ, गोरेटो बाटो निकै अफ्ट्यारो भएपनि पहिले हिडिसकेको बाटो हुनाले सोझै तल झर्ने निधो गर्यौ, ५/६ वर्ष पहिले हिडेको बाटो अहिले पनि उस्तै थियो अलि तल झरेपछी बाटो पुरै कुसुमले ढाकेको देखियो, Prativa ले बाटो भिरालो छ,पुरै कुसुमले ढाकेको छ चिप्लिन्छ, फर्किनु पार्छ अगाडि जानुहुदैन भन्दै थिइन, मैले जिद्दी गर्दै आधा आइ सकियो अब थोरै त छ, रुखका हागा समाउदै सुस्त सुस्त झरे हुन्छ भन्दै नटेरेर तल झर्दै थिए, एक्कासि कुसुममा गोडा चिप्लियो, म घोप्टेमुखी घुडाको बल भुइँमा बजारिए, कुसुम मुनि गिर्गिरे ढुङ्गा रैछ अलि तल सम्म घिसारिए जसो तसो अडिन सफल भए नत्र अलि ठुलै घटना हुन सक्थ्यो , प्रतिभाले दोस्रो पल्ट "हुदैन अब फर्किनु पर्छ, ढिलै भएपनी मोटरबाटो नै जानेहो" भनेपछि बल्ल सहमत भए र फेरि बुट्यान समाउदै मोटर बाटो सम्म आइपुग्यौ, घुमाउरो भए पनि मोटर बाटैबाटो भिङ्रीकोटको सिरनमा रहेको केसी होटेलमा बिहानको नास्ता खान पस्यौ, त्यहाँ आईपुग्दा अलि अलि घुडा दुखेको जस्तो लागेको थियो घुडानेर पैन्ट थोरै रगडिएको थियोे, पैन्ट माथी सारेर हेर्दा घुडा थोरै खुल्सिएको देखियो, ठूलो घाउ नभएकोले केहिपनी भएको जस्तो लागेको थिएन,साझको बास भिङ्रीमा भयो,अर्कोदिन थाहा भयो घुडा अलि बेस्सरी नै बजाइएको रैछ, हिड्न निकै अफ्ट्यारो महसुस हुँदा हुँदै यात्रा जारी राक्ने कोसिस गरियो सामान्य चोट त हो बिसेक भै हाल्छ भन्ने सोचेर लिबाङ सम्म जसोतसो आइ पुगियो, अहिले उकालो र सम्म ठाउँमा हिड्न खासै अफ्ट्यारो हुदैन तर ओरालो झर्न निकै कठिन हुन्छ,दुख्छ, पहाडको ठाउँ उकालो चढे ओरालो झर्नै पर्ने, केहिदिन पहाडको यात्रा गर्दै चिसोमा रमाउला भनेको बिचबाटै फर्कनु पर्ने भयो, २.३० बजेको टिकट छ तेसैले लिवाङ लाई बाई बाई भन्दै फर्कदै छौ

See insights
Boost a post
All reactions:
Rita Bhandari, Santa Bhusal Regmi and 205 others