Friday, June 16, 2023

क.मेघबहादुर बि.सी. सङ्ग त्यो रात

  कुरा २०३९ मंसिर पुर्णिामाको रातको हो,क नेत्र, क.दामोदर अधिकारी अनि हामी गुरगैमा बसेका थियौं  अकस्मात बैठक बस्नुपर्ने भयो, क मेघबहादुर घर जानू भएकोले ओहाँलाई ल्याउन रातको खाना खाएर लमडरुवा बीरबहादुर कमरेड र म बनकट्टाको लागी राजपुर,घुस्रा सिसहनिया सौडियार,बुधौरा हुँदै माथिल्लो दुन्द्रा पुग्यौं,

दुन्द्राका यूबाहरु तोरीमा पानी लगाउन बारीको छेउमा मकैको नल बालेर आगो ताप्दै रहेछ्न, वीरबहादुरजीको यो ससुराली गाउँ भएकोले वहाँ लाई चिन्ने धेरै थिए भने मलाई त यो गाउँका सबैले चिन्थ्येनै,किनकि जतिपनी स्कुलले उमेरका हामी सबैले पढ्ने एउटै स्कुल नारायणपुर थियो,अनि स्कुल बिदाको दिन बाहेक दैनिक बिहान साझ ओहोर दोहोर गर्ने बाटो भएकोले अन्य उमेरकाले पनि चिन्थ्ये, म वारेन्डेड ब्याक्ती सङ्ग देख्दा वीरबहादुरजीलाई अफ्ट्यारो नपरोस् भनी सकेसम्म छिटो छिटो हिड्दै थियौ,तेत्तिकैमा एक जनाले सोध्यो "ए को हो हँ ?", अर्कोले भन्यो "किन बोल्दैन ?", हामी न बोली अलि छिटोछिटो हिड्दै रह्यौ, तोरीमा पानी चार्न बसेका पनि उठेर हाम्रो पछि पछि कराउँदै आउन थाले,कसैले "ए यी कुखुरा चोर हुनु पर्छ, समात समात" भन्न थाले, हामी दौडन सुरु गर्यौ, उनिहरु पनि "चोर चोर" भन्दै हाम्रो पछि पछी दौडन थाले, ओल्लो घर पल्लो टोल बाट पनि "खै कता छ चोर" भनी हल्ला गर्न थाले हामी घेरामा परेर पकडिन सक्ने संभावना देखियो, यो गाउँकाले पक्डिए खासै फरक पर्दैनथ्यो,आफ्नै साथी भएकोले पुनः छुट्न सकिने थियो, तर जति हामी पश्चिम लाग्दै थियौ,तेति खतरा थियो,किनकी दुन्द्रा भन्दा पस्चिमको सेवार गाउँ त्यो बेला काङ्ग्रेसको गढनै थियो, अनि हामी पकडिए सोझै रामधुलाई, अनि पुलिसकोमा, तेसैले अब दौडेर न हुने देखेपछि म फरक्क फर्किए, हामीलाई खेत्दै आएको जमात तर्फ लम्किएर जान थालेपछी उनिहरु भाग्न थाले, हामीले बोकेको काडेदार मोटा लौरा लाई उनिहरुले बन्दुक भन्ने ठानेछ्न,एक दुई जनाले "एतै आउदै छ्न बन्दुक पनि छ" भनेको पनि सुनियो,अब यसरी हुदैन कुरा गर्नै पर्ने भयो भन्ने लागेर मैले ठूलो स्वोरमा भने "न डराउनुहोस, न हामी चोर हौं, न हामी सङ्ग बन्दुक नै छ, रातमा हिड्ने सबै बदमाश मात्र हुदैनन, राम्रा मान्छेलाई पनि कहिलेकाही रातमा हिड्नु पर्ने बाद्यता पर्न सक्छ", यति भन्दै गर्दा म उनीहरुको नगिच पुगिसकेको थिए केही हाम्रै मित्र पनि हुनुहुदो रैछ,भन्दै हुनुहुन्थ्यो "चोर हैन होला" भनेको मानेनौ केशवजी पो हुनुहुदो रैछ, पहिले नै बोलाउदा बोल्नुभएको भए यो हल्ला खल्ला हुदैनथ्यो" मैले पनि "सकेसम्म किन समस्या मोल्ने भनेर न बोलेको, झन ठूलो समस्यामा झन्डै फसेनौ"यति भनेपछि सबै सङ्ग हातमिलाएर म फर्किए, वीरबहादुर भने उनिहरुभएको सम्म आउनुभएन,उनिहरुले चिन्न पनि सकेनन,

हामी सेवार हुँदै बन्कट्टा पुग्यौं क.मेघबहादुर घरमै हुनुहुदो रैछ, रातको १० बजे तिर त्यहाँबाट हिड्यौ, बाटोमा घटेको घटना क.मेघलाई सुनाए पछि वहाँले भन्नुभयो "यतातिर मलाई सबैले चिन्छ्न तेसैले बाटोमा कसैले सोधिहाल्यो भने केशवजीले उत्तर दिनुहोला",

  हामी मुकुन्डाडा हुँदै पुर्ब तर्फ जादै थियौ ढिकपुर गाउँको अन्त्यतिर बाटोको उत्तर साईडको घरको आगनमा थुप्रै मानिस देखिए, सायद आज पुर्णिामाको रात भएकोले त्यो घरमा पूजा थियो, त्यो हुल बाट कसैले सोध्यो "अए को हो ह ?"  मैले पनि ढ्याक्क लौरो भुईमा बजार्दै जवाफ फर्काए "ओए पुलिस हो, गस्तिमा छ", अर्कोले न बुझेर अफ्नै साथिलाई सोध्यो "हैन के भन्यो ह", साथिले जवाफ दियो "चुपलाग पुलिस गस्ती हो रे", हामी उनिहरु देखि टाढा भैसके पछि मरीमरी हास्यौ, क. मेघबहादुरले भन्नू भो "कहाँबाट आयो के यस्तो शब्द एकाएक", मैले भने "अप्ठ्यारो पर्दा दिमागले आफै के गर्ने भनी सबभन्दा उत्तम सुझाव दिन्छ होला" क. मेघबहादुर वि.सी. सङ्ग भुमिगत हुँदा र तेसपछीका थुप्रै सस्मरण आज आँखा  अगाडी खेलिरहेका छ्न, 

  हार्दिक श्रद्धाञ्जली क. मेघबहादुर वि.सी.

    अल बिदा भुल्न नसकिने एउटा मान्छे


No comments:

Post a Comment