Thursday, June 8, 2023

स्वर्गद्वारी यात्रा

 बिहान सबेरै स्वर्गद्वारीको दर्शन गरि भिङ्गृकोट हुँदै भिङ्री झर्ने निधो भयो, धरमपानी देखि केही तल झरेपछी एउटा निकै लामो घुम्ती आउँछ, मोटर बाटै बाटो हिंड्दा र सोझै गोरेटो बाट हिड्दा १०/१५ मिनेटकै फरक पर्छ, गोरेटो बाटो निकै अफ्ट्यारो भएपनि पहिले हिडिसकेको बाटो हुनाले सोझै तल झर्ने निधो गर्यौ, ५/६ वर्ष पहिले हिडेको बाटो अहिले पनि उस्तै थियो अलि तल झरेपछी बाटो पुरै कुसुमले ढाकेको देखियो, Prativa ले बाटो भिरालो छ,पुरै कुसुमले ढाकेको छ चिप्लिन्छ, फर्किनु पार्छ अगाडि जानुहुदैन भन्दै थिइन, मैले जिद्दी गर्दै आधा आइ सकियो अब थोरै त छ, रुखका हागा समाउदै सुस्त सुस्त झरे हुन्छ भन्दै नटेरेर तल झर्दै थिए, एक्कासि कुसुममा गोडा चिप्लियो, म घोप्टेमुखी घुडाको बल भुइँमा बजारिए, कुसुम मुनि गिर्गिरे ढुङ्गा रैछ अलि तल सम्म घिसारिए जसो तसो अडिन सफल भए नत्र अलि ठुलै घटना हुन सक्थ्यो , प्रतिभाले दोस्रो पल्ट "हुदैन अब फर्किनु पर्छ, ढिलै भएपनी मोटरबाटो नै जानेहो" भनेपछि बल्ल सहमत भए र फेरि बुट्यान समाउदै मोटर बाटो सम्म आइपुग्यौ, घुमाउरो भए पनि मोटर बाटैबाटो भिङ्रीकोटको सिरनमा रहेको केसी होटेलमा बिहानको नास्ता खान पस्यौ, त्यहाँ आईपुग्दा अलि अलि घुडा दुखेको जस्तो लागेको थियो घुडानेर पैन्ट थोरै रगडिएको थियोे, पैन्ट माथी सारेर हेर्दा घुडा थोरै खुल्सिएको देखियो, ठूलो घाउ नभएकोले केहिपनी भएको जस्तो लागेको थिएन,साझको बास भिङ्रीमा भयो,अर्कोदिन थाहा भयो घुडा अलि बेस्सरी नै बजाइएको रैछ, हिड्न निकै अफ्ट्यारो महसुस हुँदा हुँदै यात्रा जारी राक्ने कोसिस गरियो सामान्य चोट त हो बिसेक भै हाल्छ भन्ने सोचेर लिबाङ सम्म जसोतसो आइ पुगियो, अहिले उकालो र सम्म ठाउँमा हिड्न खासै अफ्ट्यारो हुदैन तर ओरालो झर्न निकै कठिन हुन्छ,दुख्छ, पहाडको ठाउँ उकालो चढे ओरालो झर्नै पर्ने, केहिदिन पहाडको यात्रा गर्दै चिसोमा रमाउला भनेको बिचबाटै फर्कनु पर्ने भयो, २.३० बजेको टिकट छ तेसैले लिवाङ लाई बाई बाई भन्दै फर्कदै छौ

See insights
Boost a post
All reactions:
Rita Bhandari, Santa Bhusal Regmi and 205 others

No comments:

Post a Comment