Saturday, July 20, 2024

पाैंवैं

पाैंवैं (Bertalha) यो पातलो नरम लहरा भएको बिरुवा हो, यसको पात नरम र पालुङ्गोको पात जस्तै मोटो र बाक्लो हुन्छ, खासगरी यो दुई किसिमको हुन्छ, एउटा बैजनी रातो रङ्ग भएको लहरामा गाढा हरियो पात भएको हुन्छ भने अर्को हल्का हरियो लहरामा हरियो पात भएको हुन्छ, पात र डाठ मिच्दा हल्का चिप्लो चिप्चिपा र्याल आउने हुन्छ, काचो खादा भन्नसकिने कुनै स्वाद हुदैन भने गन्ध अलि अलि बिस्याईनो हुन्छ, यसको लहरामा मेवाको बीउ जस्तै साना साना फल लाग्ने गर्छ, फल पाके पछि जामुन रङ्गको हुन्छ, मिचेर हेर्दा गुलाबी रातो रङ्ग निस्किन्छ, यो एक वर्षे लहरा भएको तरकारी हो, एक पल्ट रोपे पछि एक वर्ष पुरै उत्पादन लिन सकिन्छ, यसको पात र मुन्टा खान मिल्छ, तरकारीको रुपमा,सलाद, सुप, अमलेट वा अन्य परिकारमा मिसायर खान सकिन्छ, खासगरी थारू समुदायकोलागि नभै नहुने बस्तुको रूपमा यो पनि पर्छ, अत्वारी,अष्ट्मी, र दशैमा यसको पातलाई गेडागुडी सङ्ग मिसाई पकाएर खाने चलन छ, यसको लहरा धेरैजसो थारुहरुको घरबारीका बारमा देख्न सकिन्छ, नेपालमा थारुसमुदाय बाहेक अरुले यसको खेती र प्रयोग गरेको देखिदैन, यसलाई जेठ असार तिर बीउ बाट र लहरा बाट पनि रोप्न सकिन्छ, किरा नलाग्ने हुनाले किटनासक औषधिको प्रयोग गर्नु पर्दैन, रोपेको दुई तीन महिना देखि उत्पादन लिन सकिन्छ, एक पल्ट टिपेपछी २०/३० दिनमा पुनः टिप्न लाएक हुन्छ, यो निकै नरम तरकारी भएकोले ताजानै प्रयोग गर्नु पर्छ, एक दुई दिनको लागि राख्नु पर्ने भए प्लास्टिक वा कागजमा बेरेर फ्रीजमा राख्नुपर्छ, दश मिटर सम्म फैलिन सक्ने भएकोले थाक्रोमा वा पर्खालमा डोरीको सहारामा हुर्काउन सकिन्छ, गमलामा पनि हुने भएकोले घरको कौसी र छतमा पनि रोप्न मिल्छ, Bertalha ( Basella Alba L) पाैंवैंले मधुमेह,उच्च रक्तचाप, समय नपुग्दै हुने बुढ्यौलीपन र रक्तअल्पता जस्ता परिस्थितिहरू रोक्न मद्दत गर्दछ, किनकि यसमा भिटामिन ए, आइरन र फोलिक एसिड जस्ता पोषक तत्वहरू प्रशस्त पाइन्छ, खासै हेरचाहको आवस्यकता न पर्ने एक पल्ट रोपे वर्ष दिन ढुक्कसँग उत्पादन लिन सकिने, अर्को वर्ष देखि आफै खसेका दाना बाट बिरुवा उत्पादन भै रहने यस्तो गुणकारी बिरुवा आफ्नो बारीमा रोप्ने होइन त ?

Thursday, July 18, 2024

मेन्था

मेन्था यो एक प्रकारको पुदिना प्रजातिको बिरुवाहो, नेपालमा यसलाई भिक्स, वा स्विचो झारको नामले पनि चिनिन्छ, देख्दा तुलसी जस्तै देखिने, यो बाह्रमासे बिरुवाको उचाई लगभग 18 इन्च (460 मिमी) सम्म हुन्छ, यो बिरुवाको फूल बोटको माथिल्लो भागको डाठमा दुबैतिर निस्किएका पातको भेट्ना सडै जोडिएर फुलेका हुन्छन, यसको पातलाई निचोरेर सुङ्दा निकै कडा बास्ना आउँछ, यसको पात बास्नादार तेल बनाउन प्रयोग गरिन्छ, गाउँ घरमा रुघा खोकी लाग्दा चियाको रुपमा प्रयोग गर्नुका साथै दात दुख्दा र सास गन्हाउने समस्या भएकाले एक दुई पात मुखमा च्याप्दा राम्रो हुन्छ, मेन्था विश्वको सबैजसो देशमा पाइन्छ, नेपालमा पनि यसको ब्यवसायिक खेती सुरु भैसकेको छ,