Wednesday, February 7, 2024

स्वस्थानी फुल

 धेरै ठाउँमा देखिने हरियो लहरामा खुर्सानी आकारको कोपिला फूलले धेरैको पर्खाल गेट र छानालाई सुशोभित गरेको देखिन्छ, निकै चाडो हुर्किने यो बिरुवाको लहराको आख्लै पिछ्य निस्किने पातको डाठ सङ्ग जोडिएको निकै बलियो तनाले सानो चर, बिजुलीको तार पर्खालमा गाडेको काटी जे भेटायो अति बलियो गरि समाउछ,जस्ले गर्दा जस्तोसुकै हावा हुरी आए पनि आफ्नो ठाउँबाट डगमग गर्दैन, नेपालमा वर्षको एकपटक मङ्सिर पुस देखी चैत्र बैशाख सम्म फुल्ने सदाबहार पात भएको यो फुल दक्षिण अमेरिकाको ब्राजिल, अर्जेन्टिना,पाराग्वेमा पाइने त्यहाँको रैथाने फुल हो, बैज्ञानिक नाम Pyrostezia venusta भएता पनि धेरै ठाउँमा खुर्सानी फुल, र नेपालमा स्वस्थानीको समयमा  फुल्ने गरेकोले स्वस्थानी फूल भन्ने गरेको पनि पाइन्छ, यसलाई उमार्न र हुर्काउन गाह्रो छैन, खासै मल नचाहने, जस्तो सुकै माटोमा हुर्कने,सोझै हागा रोपे हुने र रोग किराले पनि आक्रमण न गर्ने भएकोले केहि वर्षमै दाङमा पनि यो फुलाले ब्यापकता पाउदै गएको देखिन्छ