Saturday, September 9, 2023

हाम्री मामा घरकी बोई

  म सानै थिए, म माथिका तीन दिदी सङ्गै धर्ना सिसैपुर कान्छो मामाको घरमा बसेर तेहिको महेन्द्र स्कुलमा पढ्थ्यौ,मामाहरु छुट्टि सक्नु भएकोले कान्छो मामा नेत्रलाल अभागी बोई सङ्ग बस्नु हुन्थ्यो, बोई धेरै सोझी हुनुहुन्थ्यो,म सानै भएकोले धेरै कुरा त सम्झना छैन,यो कुरा भने कहिले बिर्सदैन

मामाको एक तले घरको तालमाथी भुईमा बिच्छौना लगाएर एकै लाईनमा बोई र हामी चार भाईबैना अझ कहिले काहीं त साईलो मामाका छोरीहरू समेत एउटै लाईनमा सुथ्यौ,बोईले धेरै जसो भुतका कथा सुनाउनु हुन्थ्यो,तेतिमात्र कहाँ होर सुत्नु अघि भुत न आओस् भनी बिस्ताराको चारैतिर खरानीको रेखाले घेर्नु हुन्थ्यो,अनि सिरानीमाथी एउटा लौरो सधै राख्नु हुन्थ्यो,दिदीहरु ननिदाएर अबेरसम्म गफ लगाउन थाले पछि बोई उठेर भुत लखेटेको नाटक पनि गर्नु हुन्थ्यो,यसो गर्दा दिदीहरु चुपचाप सुत्नु हुन्थ्यो,मैले भने त्यो बेला भुत कस्तो हुन्छ कल्पना गर्न सकेको थिएन तेसैले डर पनि लाग्दैनथ्यो,अहिले सोच्छु बोईलाई साच्चै भुत फोबिया थियो कि हामीलाई तर्साउन तेसो गर्नुहुन्थ्यो होला?